स्वास्थ्यको ख्याल गर्न सिक्यो भने विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ । खानपान, आराम, सुताई जीवनशैली आदीले स्वास्थ्य राम्रो बनाउन र बिगार्न भूमिका खेल्छ ।
यसमा पनि महिलाले गर्भवती अवस्थामा त स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकि सन्तानका लागि पनि यो महत्त्वपूर्ण हुन्छ ।
खानपान, सुताइ, आराम, व्याम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरी व्यवहारहरू गर्नु पर्ने हुन्छ । शोधकर्ताहरूले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् ।
जुन यस प्रकारको छ:
– कम्मरको पछाडि सिरानी राखेर सुत्ने गरौँ ता कि यताउता फर्किँदै सुत्न सहिलो होस्।
– राति निद्राबाट बिउँझिदा चेक गरौँ कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौँ ।
– दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्किँदै सुत्दै गरौँ। यदि रातमा ब्युँझिँदा तपाईँलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन ।
– तपाईँ दायाँ तथा बायाँ जता पनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने परिवर्तन गरिरहनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया