काठमाडौँ– मोडल तथा मेकअप आर्टिस्ट दिलासा श्रेष्ठ राष्ट्रिय पुरस्कार विजेता मेकअप आर्टिस्ट र कस्मेटोलोजिस्ट हुन् ।
सन् २०२० देखि सक्रिय आफ्नै मेहनतले यस क्षेत्रमा सक्रिय भएको दिलासा बताउँछिन् । आफ्नो चाहना र प्रतिभामार्फत कला क्षेत्रमा रचनात्मक अभिव्यक्ति दिन दिलासा रुचाउँछन् । २३ वर्षकी दिलासाले सैलुन व्यवसाय पनि सञ्चालन गर्दै आएकी छिन् ।
मेकअपसँगै मोडलिङ र फेसनमा पनि सक्रिय हुनु रुचिको विषय रहेको उनी बताउँछिन् ।