मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ – आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । 

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो । 

अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ ।

आज हुने भनिएको अन्तर्वार्ता समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. शिवराज अधिकारी अस्वस्थ भएका कारण रोकिएको बताइएको छ । 

बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?