काठमाडौँ – एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर (हाल एक्स) किनेपछि कम्पनीको मूल्य ८० प्रतिशतले घटेको पाइएको छ ।
मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्विटरको अहिलेको मूल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धी विश्लेषण गर्ने कम्पनी फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।
मस्कले ट्विटर किन्ने समयमा नै उनले कम्पनीका लागि बढी रकम तिरेको बताइएको थियो । मिडिया रिपोर्टका अनुसार २०२२ मा ट्विटरको मूल्य ३० बिलियन डलर भन्दा बढी नभए पनि मस्कले १४ बिलियन डलर तिरेको विश्लेषण गरिएको थियो ।
मस्कले किनेपछि धेरै जसो विज्ञापनदाता एक्सप्रति आकर्षित हुन नसकेको विभिन्न रिपोर्टहरूमा यस अघि पनि उल्लेख गरिएको छ ।
हालै कान्तरले गरेको ग्लोबल सर्भेमा २६ प्रतिशत विज्ञापनदाताले अर्को वर्ष एक्समा गर्ने खर्चमा कटौती गर्ने योजना बनाएको देखिएको छ । यस सर्वेमा ३९ प्रतिशत विज्ञापनदाता गुगलमा राखेको विज्ञापनबाट सन्तुष्ट देखिएका छन् भने एक्समा यो सङ्ख्या केवल ४ प्रतिशत मात्र रहेको छ ।
गत नोभेम्बरमा मस्क आफैले नाम चलेका ब्रान्डले एक्समा विज्ञापन नदिएको आरोप लगाएका थिए ।
यस वर्षको दोस्रो क्वाटरमा एक्समा प्रति महिना ५७० सक्रिय प्रयोगकर्ता रहेको र यो अघिल्लो सोही समयको ६ प्रतिशतले बढी भएको दाबी एक्सले गरेको छ तर विभिन्न रिपोर्टले अहिले एक्सका प्रयोगकर्ता मस्कले कम्पनी किनेपछि २० प्रतिशत भन्दा बढीले घटेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया