मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् दालको नियमित सेवनका फाइदा

प्रायः शाकाहारी मानिसका लागि दाल एउटा राम्रो प्रोटिनको स्रोत मानिन्छ । दाल भिटामिन बी, फोलेट, आइरन र पोटासियमको राम्रो स्रोत हो । यसका साथै यसमा प्रोटिन र फाइबर पनि पर्याप्त मात्रामा पाइन्छ । दालको सेवन गर्नाले स्वास्थ्य राम्रो बन्छ ।

दालका विभिन्न परिकार बन्छ । स्वादका साथै दाल हाम्रो स्वास्थ्यका लागि पनि अति नै फाइदाजनक हुन्छ । दाल सेवनले हाम्रो शरीरबाट नराम्रो कोलेस्ट्रोललाई कम गर्छ । दाल सेवनका विभिन्न फाइदाहरू छन् भने यसका केही नोक्सानहरू पनि छन् ।

जानौँ दालको नियमित सेवनको फाइदाबारे: 

दालको सेवनले तपाईँलाई भरपुर मात्रामा पोषण तत्त्व प्राप्त हुन्छ । किनकि एक कप दालमा १८ ग्राम प्रोटिन हुन्छ  दाल सुपाच्य हुन्छ । यसमा पाइने डाइट्री फाइबरले पाचन क्रियालाई राम्रो बनाउँछ । दालको सेवनले कब्जियतको समस्या पनि समाधान हुन्छ । 

दालको सेवनले लामो समयसम्म पेट भरेको हुन्छ । जसले तपाईँलाई भोकको महसुस हुँदैन र तपाईँको तौल कम गर्नमा सहयोग पुग्छ । दालमा पाइने फाइबर र आइरनले शरीरको इम्युनिटीलाई पनि बलियो बनाइराख्छ ।

दालमा भरपुर मात्रामा आइरन, म्याग्नेसियम र जिङ्क पाइनछ । जसले गर्दा तपाईँलाई विभिन्न प्रकारको सङ्क्रामक रोगबाट जोगाउनमा मद्दत गर्छ । दालको सेवनले मुटुलाई स्वस्थ राख्ने काम गर्छ । 

यसमा पाइने फोलेट र म्याग्नेसियमले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । प्रोटिनको स्रोतहरूमध्ये दाल सबैभन्दा राम्रो मानिन्छ । किनकि यसमा अन्य प्रोटिन तत्त्वभन्दा कम फ्याट हुन्छ र तपाईँलाई फिट राख्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?