मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोशी ब्यारेजको मर्मत गरिँदै

इनरुवा ‘सुनसरी’ – यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो ।

सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ । पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए । कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए ।

अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेण्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?