मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ जितुको फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर (भिडियो)

काठमाडौँ– यही असोज २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा विवाहको कथालाई प्रस्तुत गरिएको छ ।

फिल्मको निर्देशन बसन्त निरौलाले गरेका हुन् ।

रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मलाई श्याम तामाङले खिचेका हुन् भने सञ्जय थापाको एक्सन रहेको छ ।

फिल्मलाई मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?