मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हनुमानढोकाको दशैँ घरमा शुभ साइतमा राखियो जमरा

काठमाडौँ – काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ । बिहीबार बिहान ९: १६ बजेको शुभ साइतमै जमरा राखिएको हो ।

बिहीबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभ साइतमै जमरा राखिएको हो ।  

जमरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धुन बजाएका थिए । साथै  बन्दुक पड्काएर बढाईँ पनि गरिएको छ ।

नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजा अर्चना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?