मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँमा माइक्रोवेभ किन्ने योजनामा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

आधुनिक युगका महिलाहरूका लागि भान्सामा माइक्रोवेभ ओभनको आवश्यकता पर्छ । 

तर अहिले पनि धेरैलाई यसको उपयोग के–कसरी गर्न सकिन्छ, कसरी सफा गर्नुपर्छ र के–के गर्नु हुँदैन भन्ने कुराको जानकारी देखिँदैन । आज हामी यसै  विषयमा चर्चा गर्दै छौँ 

पहिले आफ्नो आवश्यकताको हिसाबले बजेट निर्धारण गर्नुपर्छ । कसैलाई पसलमा पुगेपछि महँगो, ठूलो तथा सुविधाजनक ओभन किन्ने रहर हुन्छ तर बजेट नपुग्ने अवस्था हुन्छ । 

ओभन किन्नुअघि ब्रान्ड, मूल्य र सुविधाका सम्बन्धमा जानकारी लिनुपर्छ । आफ्नो भान्साको साइज एवं परिवारको सदस्य संख्याअनुसार माइक्रोवेभको साइज छान्नुपर्छ । 

एकात्मक परिवारका लागि १८ देखि २० लिटरको माइक्रोवेभ उपयुक्त हुन्छ । माइक्रोवेभमा खाना पकाउन र तताउन सकिन्छ ।

बजारमा दुई किसिमका माइक्रोवेभ पाइन्छन्–सोलो ग्रिल र कन्वेक्सन माइक्रोवेभ । ओभन पारदर्शी हुनु जरुरी छ अर्थात् भित्र पाकिरहेको खाना बाहिरबाट देखिनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?