काठमाडौँ – अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले कोलम्बसलाई पराजित गरेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वारेजले एक गोल गरेका थिए ।
त्यस्तै कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए । खेलको ८४औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।
यस खेलमा खेलको ६३औ मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा समिति भएको थियो ।
यो जितपछि इन्टर मियामीको ३२ खेलमा ६८ अङ्क भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कोलम्बसको ३१ खेलमा ५७ अङ्क रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया