मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

काठमाडौँ – नेपालीहरुले अमेरिका जानका लागि सबैभन्दा सहज माध्यम डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आज फाराम खुल्दैछ । सन् २०२६ को डिभीको फाराम खुल्ने म्यान आज राति नेपाली समयअनुसार ९ः४५ बजेदेखि शुरु हुँदैछ ।

डिभी कार्यक्रमका लागि आवेदकहरूको छनोट निष्पक्ष रूपमा गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जानकारी दिएको छ । आवेदन भने डिभी कार्यक्रमको आधिकारिक वेबसाइटमा आगामी नभेम्बर ५ को नेपाली समयअनुसार राति १०:४५ बजेसम्म जुनसुकै बेला पनि बुझाउन सकिने जनाइएको छ ।

अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरु आउने मुलुकका लागिमात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

अमेरिकामा कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?