फुङ्लिङ ‘ताप्लेजुङ’ – पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मंगलबार पत्र पठाइ सहयोग सङ्कलनबारे निगरानी गर्न अनुरोध गरेको हो ।
समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग सङ्कलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ । पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग सङ्कलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ ।
यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरासमेत रहेको समितिको भनाइ छ । समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो ।
स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया