मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अख्तियारका आयुक्त र कर्मचारीले गरे दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त र कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगका प्रमुख आयुक्त/आयुक्तले सात दिन, सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?