दुई पाङ्ग्रे सवारी चलाउँदा अनिवार्य रूपमा लगाइने सुरक्षा कवच हो, हेलमेट । विशेषतः मोटरसाइकल, स्कुटर, साइकलजस्ता दुई पाङ्ग्रे सवारीसाधनका चालकले सुरक्षाको लागि हेलमेटको प्रयोग गर्छन् । जसलाई नेपालमा अनिवार्यसमेत गरिएको छ ।
नेपाली बजारमा विभिन्न आकार, प्रकारका हेलमेट उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो रुचि, आय र मोटरसाइकल अनुसारको हेलमेटको छनोट गर्छन् । यद्यपि स्टाइलिस देखिने सबै हेलमेट राम्रा हुँदैनन् ।
कसरी चिन्ने त राम्रो हेलमेट ?
हेल्मेटमा हेलमेटको गुणस्तरीयता, स्थायित्व र सत्यताको लागि प्रमाण पनि राखिएको हुन्छ । खरिदपूर्व नै हेलमेट राम्रो हो या होइन भनेर छुट्याउन सकिन्छ । त्यसको लागि हेलमेटको पछिल्लो भागमा प्रिन्ट गरिएको सुरक्षा सर्टिफिकेसनको लोगो हेर्नुपर्छ ।
जस्तै, भारतको ‘इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट’ अर्थात् ‘आइएसआई’ सर्टिफिकेसन, युरोपियन युनियनको ‘इकोनोमिक कमिसन फर युरोप’ मापदण्ड अपनाइएको अर्थात् ‘इसीई’ सर्टिफिकेसन ।
त्यस्तै, युएसको ‘डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट’ मापदण्ड अपनाइएको अर्थात् ‘डिओटी’ सर्टिफिकेसन र ‘स्नेल मेमोरियल फाउन्डेसन’को मापदण्ड अपनाइएको ‘स्नेल’ सर्टिफिकेसन । यी सबै सर्टिफिकेसन विभिन्न परीक्षणपश्चात मात्र तोकिएका हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया