मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

काठमाडौँ – सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।

लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्तहरूले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गरेको छ ।

१- नेपाली राजदूतावास कायरो, इमेल: [email protected], सम्पर्क व्यक्ति: दीपक घिमिरे, द्वितीय सचिव,  फोन:  +२०१०९७७७२३४८ (ह्वाट्सएप) ।

२- अवैतनिक नेपाली वाणिज्य दूतावास, बेरुत, इमेल: [email protected]. सम्पर्क व्यक्ति: मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन:  +९६१३३०११८१/ +९६१८१८८३७१३ ।

३- परराष्ट्र मन्त्रालय, काठमाडौँ, इमेल: [email protected], सम्पर्क व्यक्ति: श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, फोन नं. +९७७- ९८४११७९५२० ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?