मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?

काठमाडौँ – इजरायलमाथि इरानले आक्रमण शुरु गरेपछि अब मध्यपूर्वमा नयाँ युद्ध हुने निश्चित भएको छ । 

अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ ।  इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न शुरु भएको छ । 

गएराती इरानले इजरायलमाथि आक्रमण शुरु गरेको छ ।  इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलले इजरायलमा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

तर इरानको यो आक्रमणमा इजरायलले खासै क्षति भने बेहोर्नु नपरेको बताइएको छ । अमेरिकी अधिकारीहरूले इजरायलले इरानको यस आक्रमणबाट ठुलो क्षति बेहोर्नु नपरेको बताएका छन् । इजरायलले धेरै जसो मिसाइललाई आकाशमै नष्ट गरेको बताइएको छ । 

इजरायलले फलामले बनाइएका डोम एन्टी मिसाइल डिफेन्स सिस्टमले आफ्नो भूमिमा भएका रकेट प्रहारलाई आकाशमै नष्ट गरेर जनधनको क्षति रोकेको बताइएको छ ।

इजरायली सेनाका अनुसार यस प्रविधिले ९० प्रतिशत भन्दा बढी रकेट आकाशमै नष्ट गरिरहेको छ । बस्ती भएका शहरमा जमिनमा खस्नुअघि नै रकेट नष्ट भएकोले ठुलो क्षति हुनबाट रोकिएको छ । इजरायलमाथि हुने मिसाइल आक्रमणमा अहिलेसम्म यहि प्रविधिका कारण ठुलो क्षति हुनबाट बच्दै आएको छ । 

इजरायलले लाखौँ डलर खर्च गरेर बनाएको आइरन डोम निकै ठुलो मिसाइल डिफेन्स सिस्टम रहेको बताइएको छ । यस सिस्टमले रकेट सहरी या मानिस बसेको इलाकामा आउँदै छ भन्ने आफै पत्ता लगाएर नष्ट गर्ने गर्दछ । टाइम्स अफ इजरायलका अनुसार हरेक इन्टरसेप्टरको मूल्य करिब डेढ लाख डलर पर्ने उल्लेख गरेको छ ।

सन २००६ मा इस्लामी समूह हिजबुल्लाहसँगको लडाइँपछि इजरायलले यो प्रविधिमा काम गर्न शुरु गर्न थालेको बताइएको छ । त्यति बेला हिजबुल्लाहले इजरायलमा हजारौँ रकेट प्रहार गरेर दर्जनौँ इजरायलीको मृत्यु भएको थियो । यस घटनापछि

इजरायलको सरकारी कम्पनी राफाल डिफेन्सले सुरक्षालाई ध्यान दिदै देशका लागि एक मिसाइल शिल्ड बनाउने प्रस्ताव गरेको थियो । यो योजनाका लागि इजरायललाई अमेरिकाले २० करोड डलर दिएको थियो ।

वर्षौँको अनुसन्धानपछि २०११ मा यो सिस्टमको परीक्षण गरिएको थियो । त्यति बेला दक्षिणी सहर वीरसेबाबाट हानिएको रकेट मिसाइललाई यस सिस्टमले नष्ट गरेको थियो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?