हाम्रो आँखाभन्दा माथिको डिलमा रहेको रौँको झुप्पालाई आँखीभौँ (आइब्रो) भनिन्छ । आँखीभौँले मानिसको अनुहारको स्वरूप बनाउन निकै ठूलो भूमिका खेल्छ ।
मानिस सुन्दर देखिनु वा नदेखिनुमा आँखीभौँको पनि केही हदसम्म योगदान हुन्छ । साँच्चै भन्ने हो भने आँखीभौँ नभएको मानिस अनौठो देखिन्छ ।
यसले हाम्रो सुन्दरता बढाउने काम गरिरहेको हुन्छ । त्यसैले आँखीभौँको आकार प्रकार मिलाउने कुरामा लापरबाही गर्नुहुँदैन ।
–हिजोआज आँखीभौँलाई स्थायी रूपमा चाहेको आकार दिन सकिने सुविधा पनि उपलब्ध छ । थर्मोलाइसिस पद्धतिद्वारा आँखीभौँलाई सधैँका लागि सुन्दर बनाउन सकिन्छ ।
–आँखीभौँ प्राकृतिक रूपमै सुन्दर र धनुषाकारको छ भने त्यत्तिकै छोड्न सकिन्छ । यस्तो आँखीभौँलाई कुनै प्रकारको सेप दिइरहनु पर्दैन ।
–आँखीभौँलाई उपयुक्त आकार दिन बेलाबेलामा दक्ष ब्युटिसियनसियनबाट थ्रेडिङ गराउन सकिन्छ ।
–बाक्लो बनाउन आँखीभौँ वरिपरिको छालामा रक्तसञ्चार गराउनु आवश्यक छ । त्यसका लागि मनतातो जैतुनको तेलले १५ मिनेटसम्म मसाज गर्नुपर्छ । यो उपाय हप्ताको तीन दिन अवलम्बन गर्दा रक्तसञ्चार तीव्र भई आँखीभौँ बाक्लो हुँदै आउँछ ।
–नियमित रूपमा बदाम वा जैतुनको तेल लगाएर मसाज गर्ने हो भने आँखीभौँ कालो र बाक्लो देखिन्छ ।
–दुई थोपा बदाम रोगनमा दुई थोपा मह मिसाई नियमित लगाउँदा आँखीभौँ चम्किलो देखिन्छ ।
–आँखीभौँलाई बाक्लो, कालो र चम्किलो बनाउन अण्डाको पहेँलो भाग लगाएर सुकेपछि मनतातो पानीले सफा गर्ने र बदामको तेल दल्ने । यो उपाय हप्तामा दुई दिन अवलम्बन गर्नुपर्छ ।
–आँखीभौँ पातलो र चमकहीन देखिन्छ भने मेहन्दीको पातको पेस्टलाई आँखीभौँमा लगाएर १० मिनेटपछि सफा गर्नुपर्छ । यो उपाय हप्ताको २ दिन ३ महिनासम्म अवलम्बन गरे आँखीभौँ बाक्लो, कालो एवं चम्किलो देखिन्छ ।
–मेकअप गर्दा कुनै पनि किसिमको क्रिम, फाउन्डेसन वा लोसन आँखीभौँमा पर्ने गरी लगाउनुहुँदैन । केही गरी लागे सफा गरिहाल्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया