मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोली लागेका गोविन्दाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । आज बिहान अचानक खुट्टामा गोली लागेपछि अस्पताल भर्ना भएका उनले सो जनाएका हुन् ।

मंगलबार बिहान खुट्टामा गोली लागेपछि उनी क्रिटिकेयर अस्पतालमा उपचाररत छन्। लाइसेन्स प्राप्त आफ्नै रिभल्भर सफा गर्ने क्रममा अचानक पड्केर उनको खुट्टामा गोली लागेको हो।

उनले बाबाको आर्शिवादको कारण आफू खतरामुक्त रहेको बताएका छन् । उनले भनेका छन्– सबैको आशीर्वाद, आमा–बुवाको आशीर्वाद र बाबाको कृपाले लागेको गोली निकालिसकिएको छ। म तपाईंहरू सबैलाई धन्यवाद दिन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?