काठमाडौँ– बलिउडको लोकप्रिय अभिनेता मिथुन चक्रवर्तीले भारतीय सिनेमा जगतको सबैभन्दा ठूलो पुरस्कार ‘दादा साहेब फल्के पुरस्कार’ दर्शकलाई नै समर्पित गरेका छन् ।
सो पुरस्कार वितरण आगामी अक्टोबर ०८ मा नेसनल फिल्म अवार्ड सिरोमनीमा हुने छ । सो पुरस्कारको लागि उनी छनौट भएसँगै चक्रवर्तीले खुसी व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘मसँग कुनै शब्द छैन । न म हाँस्न सक्छु न त रुन नै । म यति ठूलो कुरा कसरी बताऊ । म फुटपाथबाट उठेर कलकताको यो ठाउँमा आइपुगेको छु । म यो पुरस्कार मेरो परिवारका सदस्य र दुनियाँभरका प्रशंसकहरुलाई समर्पित गर्न चाहान्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया