काठमाडौँ– चलचित्र विकास बोर्डले फिल्मसम्बन्धी कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हल निःशुल्क उपलब्ध गराउने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले एक पत्रकार सम्मेलनको आयोजना गरी सरस्वतीनगर, चावहिलमा रहेको बोर्डको सुविधा सम्पन्न हल निःशुल्क उपलब्ध गराउने जनाएको हो ।
हल उपलब्ध गराउनका लागि बोर्डमा निर्णयसमेत भइसकेको उनले सोही पत्रकार सम्मेलनमार्फत जनाएका छन् । उनका अनुसार सो हल नेपाली फिल्मका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिने पत्रकार सम्मेलन, गीत तथा ट्रेलर सार्वजनिक समारोह आदि आयोजना गर्नका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको हो ।
फिल्मका कार्यक्रमका लागि बोर्डले एउटा कार्यक्रमका लागि बढीमा दुई घण्टा उक्त हल निःशुल्क उपलब्ध गराउने छ । यद्यपि, फिल्म सम्बन्धि कार्यक्रमको अवधि दुई घण्टाभन्दा बढी भयो भने नियम अनुसार शुल्क तिर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया