मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढीका कारण बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ ।

बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले राससलाई जानकारी दिए। अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दशैंका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?