कान समातेर उठबस गराउने विधि केवल सजाय मात्र नभई होइन योगाभ्यास पनि हो भन्दा अनौठो लाग्छ । तर यो सत्य हो, यसले दिमागलाई सक्रिय पार्नुको साथै एकाग्रता पनि बढाउन मद्दत गर्छ ।
प्राचीन समयका गुरुकुलमा पनि विद्यार्थीलाई यस्तै योगाभ्यास गराइन्थ्यो ।
उठबस गर्दा कानको तल्लो भागमा समाइन्छ जुन भागमा विशेष एक्यूप्रेसर प्वाइन्ट हुन्छ । र, त्यस भागमा समाउँदा एक्यूप्रेसर प्वाइन्टमा दबाब पर्दछ जसले मस्तिष्कका विशेष तन्त्रिकामा सक्रियता बढाउँदछ ।
यसले मस्तिष्कको कसरत भई मस्तिष्कको कार्यदक्षता बढ्दछ ।
कान समाएर उठबस गर्दा मेमोरी कोशिकामा रक्तप्रवाह तीव्र हुन्छ । जसले मस्तिष्कको बायाँ र दायाँ हिस्साको कार्यप्रणालीमा सामाञ्जस्यता स्थापित हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया