मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोशी ब्यारेजको जलसतह आधा घट्यो

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

आइतबार अपराहन्न साढे ४ बजेसम्मको अपडेट अनुसार सप्तकोशीमा ३ लाख ५० हजार ३७० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ  ।

यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?