काठमाडौँ– अभिनेत्री रिश्मा गुरुङ नेपाल फर्किएकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री गुरुङ फिल्म ‘रिमै’ मा अभिनय गर्नको लागि नेपाल फर्किएकी हुन् ।
श्रीमानसँग अमेरिकामा बस्दै आएकी उनी सो फिल्ममा मुख्य भूमिकामा देखिने छिन् । उनी व्यवसायिक रुपमा सफल मानिएको ‘कबड्डी’ शृखंलाकी मैयाँ रुपमा परिचित छिन् ।
फिल्ममा उनीसँगै अभिनेता सौगात मल्ल र दयाहाङ राई पनि मुख्य भूमिकामा देखिने छन् । आफू दुबै कलाकारसँग काम गर्न पाउँदा उत्साहित भएको उनले बताएकी छिन् ।
लामो समयपछि फिल्ममा अभिनय गर्न लागेकी उनले बीचमा फिल्म ‘क्रसरोड’ मा अभिनय गरेकी थिइन् । तर सो फिल्म हालसम्म प्रदर्शनमा आएको छैन ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने यो फिल्मलाई बिर बहादुर घलेले निर्माण गर्दैछन् । यो फिल्मको यही असोज २८ गतेदेखि गोरखाको सिरानचोकबाट छायांकन प्रारम्भ गरिने निर्देशक गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया