मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२३ अंकले घट्यो शेयर मार्केट

काठमाडौँ– नेप्सेमा आज २३ अङ्कको गिरावट आएको छ । बिहीबार नेप्से २३.१० अङ्कले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो ।

आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २ हजार ३५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्याङ्गे हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?