मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने

काठमाडौँ– फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा फिल्म प्रदर्शनका लागि अधिकार विक्रीसमेत भइसकेको छ ।

फिल्मका निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलले फिल्म अमेरिकामा पनि प्रदर्शन गर्ने जनाएको हो । फिल्म आगामी असोज २४ गतेदेखि प्रदर्शनीमा आउने भएको छ ।

निर्देशक पोखरेलका अनुसार फिल्म अमेरिकाको टेक्स, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ ।

अमेरिकासँगै फिल्मको अधिकार क्यानडा, यूके र जापानमा पनि बिक्री भइसकेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?