काठमाडौँ – अभिनेत्री पूजा शर्माले बाढी पीडितका लागि निःशुल्क खानाको व्यवस्था गरेकी छिन् ।
ललितपुरको धोबीघाटमा रहेको आफ्नो ट्याग स्पोर्ट लन्च एन्ड बारमा आइतबार निःशुल्क खाना खुवाउने उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
निःशुल्क खाना आइतबार बिहान १० बजेदेखि १ बजेसम्म व्यवस्था गरिएको उनले पोस्टमा उल्लेख गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया