काठमाडौँ – स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीहरू फिर्ता ल्याउन अमेरिकी अन्तरिक्ष संस्था नासाले नयाँ अन्तरिक्षयान प्रक्षेपण गरेको छ ।
स्पेस एक्स क्रू ९ मिसन अन्तर्गत फ्लोरिडाको केप केनरेभलबाट सफल प्रक्षेपण गरिएको उक्त ड्रागन क्याप्सुलले स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फिर्ता लाउने छ ।
सेप्टेम्बर २८ मा फाल्कन ९ रकेटबाट लञ्च गरिएको यो यान यान करिब ७ घण्टामा स्पेस स्टेशनमा पुग्नेछ । यसलाई स्पेस स्टेशनमा डक गर्नका लागि यसअघि नै त्यहाँ स्थान बनाइँदै छ ।
त्यसका लागि स्टारलाइनर यानलाई पहिले नै पृथ्वीमा पठाइसकिएको छ । त्यसको ठाउँमा ड्रयागन क्याप्सुल स्पेस स्टेशनसँग जोडिनेछ ।
ड्रागन क्याप्सुल विश्वको पहिलो निजी अन्तरिक्षयान हो, जसले स्पेस स्टेशनमा लगातार अन्तरिक्षयात्री र कार्गोलाई लैजाने, ल्याउने काम गरिरहेको छ ।
एकपटकमा ७ जना अन्तरिक्षयात्री बस्ने सुविधा छ भएको यो यानमा यो पटक पनि चार जना पठाउने तयारी थियो । तर पछिल्लो समय २ जना मात्रै यान पठाईदा बाँकि दुईजनालाई आगामी मिसनमा समावेश गरिने बताइएको छ ।
यसअघि सेप्टेम्बर २४ मा प्रक्षेपण गर्ने तय भएको सो यान मौसमको खराबीका कारण रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया