मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो

धादिङ– पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । 

यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन ।  माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो । 

यस अघि पुरिएको अवस्थामा बस भेटिएको थियो । शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसम्म सम्पर्कविहिन भएको बताइएको थियो ।

यस अघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?