काठमाडौँ– लोक गायक तथा सर्जक रामचन्द्र चन्दको एकल सांगीतिक साँझ हुने भएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाच घरमा सांगीतिक साँझको आयोजना गर्न लागिएको हो ।
नाचघरमा यही असोज १४ गते (भोलि) दिउँसो दुई बजे आयोजना गर्न लागिएको अर्का गायक सुनिल थापाले जानकारी दिए ।
‘उहाँले लामो समयदेखि नेपाली लोक सङ्गीतका क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ, त्यसैले एकल साँझ गर्न लागिएको हो,’ गायक थापाले भने ।
गुल्मी कलाकार समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा लोकगायक चन्दले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।
चन्दले स्वर दिएका चरी रुखैमा, माया साह्रै छ लगायतका गीत लोकप्रिय छ । गुल्मीको मदाने गाउँपालिका, अग्लुङमा जन्मिएका चन्दले लामो समयदेखि काठमाडौँलाई कर्मथलो बनाएर सङ्गीत सिर्जना गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया