मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो अर्को बस

धादिङ – पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केही भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केही बेरपछि जानकारी हुने भएको छ ।

शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिँडेको माइक्रो बस अहिलेसमम सम्पर्कविहीन भएको बताइएको छ ।

बस र माइक्रोको खोजी जारी रहेको र झ्याप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यही पहिरोमा परेको हुनसक्ने आशङ्का गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?