मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

औँला पड्काउने बानी : हुनसक्छ यस्ता हानी

कसै-कसैको बानी नै हुन्छ, हातको औँला पड्काउने, गर्दन, ढाँडहरूको हड्डीको जोर्नीहरू पट्काउने । यसो गर्दा आराम भएको महसुस त हुन्छ तर चिकित्सकहरूका अनुसार यसले स्वास्थ्यमा भने गम्भीर समस्या आउन सक्छ ।

औँला पड्काउनुका बेफाइदाहरू 

वास्तवमा शरीरको जोर्नीहरूमा विशेष तरल पदार्थ हुन्छ । जब हामीले औँला वा शरीरको कुनै पनि जोर्नी (जस्तै घाँटी र ढाँड) पड्काउँछौँ, जोर्नीहरू बिचको तरल पदार्थको ग्यास निस्कन्छ र भित्र बन्ने बुलबुले फुट्न थाल्छ ।

यही कारण औँला पड्काउँदा आवाज सुनिन्छ । धेरै पटक तपाईँले महसुस गर्नुभएको हुनुपर्छ कि तपाईँको जोर्नीले एक्कासि चर्को आवाज आउँछ । 

यो तब हुन्छ जब तपाईँले औँलाहरूलाई एक्कासि पड्काउनु हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार यदि तपाईँले आफ्नो औँलाहरू धेरै पड्काउनुभयो भने, तपाईँको हातको पकड शक्ति कमजोर हुन सक्छ र तपाईँको हातमा सुन्निने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले तपाईँले आफ्नो औँलाहरू धेरै पड्काउनबाट जोगिनु पर्छ । 

विज्ञहरूका अनुसार यदि तपाईँले आफ्नो औँलाहरू पड्काउँदा कुनै दुखाइ महसुस हुँदैन भने, यसको मतलब सबै ठिक छ । तर, यदि तपाईँले आफ्नो औँलाहरू अत्यधिक रूपमा पड्काउनुभयो भयो भने त्यहाँ आथ्र्राइटिसको जोखिम हुन सक्छ । 

ढाड र घाँटी पड्काउँदा किन राम्रो लाग्छ ? जब तपाईँ आफ्नो घाँटी र ढाड पड्काउनुहुन्छ, यसले एन्डोर्फिन निस्कन सक्छ, जुन प्राकृतिक दुखाइ निवारक हो । हामीले आवाज सुन्दा केही पक्कै भएको छ भन्ने महसुस गर्छौँ। यद्यपि यथार्थमा त्यस्तो केही हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?