काठमाडौँ – सप्तकोशी नदिमा पानीको बहाव घट्न थालेको छ ।
बिहान बढेर ६ लाख ६१ हजार २९५ क्युसेकमा पुगेको बहाव अहिले ६ लाख ५५ हजारमा झरेको हो । योसँगै स्थिर रहेको वहावको प्रकृती घट्दो क्रमतर्फ उन्मुख भएको छ भने ब्यारेजमाथिबाट पानी बग्न छोडेको छ ।
त्यस्तै ब्यारेजमा थुप्रिएको फोहोर समेत अहिले सफा गरिएको छ ।
यद्यपि अहिले पनि जोखिम कायमै छ । सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् ।
कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ भने एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया