सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ ।
आज बिहान ७:०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ६१ हजार पाँच क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुहार बहाव प्रकृति अहिले स्थिर छ। पानीको उच्च बहावका कारण कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।
कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया