काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा छ ।
त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा कायम भएको छ ।
आज सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ भने जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया