काठमाडौँ– बिहीबारदेखि आएको अविरल वर्षाको कारण फिल्म ‘एक्लो’ लाई पनि क्षति गरेको छ । वर्षाको कारण शनिबार ललितपुरको च्यासलमा आएको बाढीले ठूलो क्षति गरेको हो ।
फिल्मको छायांकन च्यासलमा भइरहेको थियो । सोही क्रममा राजु पेन्टरको स्टूडियोमा पानी पस्दा स्टूडियोमा ठूलै क्षति भएको जनाइएको छ ।
शनिवार बिहान परेको पानीले बढेको बाढी स्टूडियोमा छिरेपछि फिल्मका लागि तयार पारिएको सेट बिग्रिएर नोक्सान भएको हो ।
यसअघि मुस्ताङमा पनि वर्षाले ‘एक्लो’ फिल्मको सेट नै बगाएपछि निमार्ताले लाखौँको नोक्सान व्यहोर्नु परेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया