मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभमुहूर्त

काठमाडौँ- गुरुङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ‘जुन-किरी’को शुक्रबार शुभमूहुर्त गरिएको छ।
निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ।

फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन्।

लक्ष्मीको यो दोस्रो फिल्म हो‌। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन्‌।

फिल्म सुरज र लक्ष्मीसंगै यो समयका व्यस्त कलाकार माओत्से गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका छ। त्यसैगरी फिल्ममा प्रतीना राई, प्रविन मगर,सुस्मिता गुरुङ, माया गुरुङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायका कलाकारको अभिनय रहनेछ।

निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए‌। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।

फिल्ममा काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ। गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ। ‘एउटा अन्धकार रातमा जुनकिरीले उज्यालोसङ्ग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ। त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,’ कलाकार तमु भन्छन्। गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो।

फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा रहेको छ। फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रुपमा छन्। फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिच्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?