मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्राकृतिक विपत्तिको कारणले फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित

काठमाडौँ– फिल्म सानो संसारको प्रदर्शन स्थगित भएको छ । बिहीवारदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी पहिरो तथा प्राकृतिक विपत्तिलाई मध्येनजर गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको हो ।

फिल्मको निर्माण टिमले शनिबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गरी प्रदर्शन स्थगित गरिएको हो । सो विज्ञप्तिमा भनिएको छ ‘हाम्रो चलचित्र ‘सानो संसार’ यहि असोज ११ गतेदेखि नेपालभर प्रदर्शनमा आएको छ । तर हालको बाढी पहिरो र प्राकृतिक विपत्तीको कारण जनमानसलाई आवत जावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई हाम्रो चलचित्र ‘सानो संसार’ लाई केहि समयको लागि प्रदर्शन स्थगित गरेका छौं ।’

फिल्म आगामी दिनमा सहज वातावरण भएपछि पुःन प्रदर्शनमा लिएर आउने फिल्मका निर्माता निर्माताद्वय अर्जुन कुमार तथा माधव वाग्लेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?