काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाको हेटौंडास्थित एकेडेमीबाट बेपत्ता भएका ६ मध्ये ३ प्रशिक्षार्थीको शव भेटिएको छ ।
इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सलादेवी माध्यामिक विद्यालयमा अध्ययन र प्रशिक्षणरत ६ जनालाई शनिबार बिहान आएको बाढीले बगाएर बेपत्ता पारेको थियो ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएपछि बाँधको ढोका खोज्दा सिस्नेरी खोलामा जलसतह बढेको थियो । खोलाको सतह बढेपछि सुरक्षित स्थानमा जाने क्रममा उनीहरू पहिरोमा पुरिएको हुनसक्ने आशंका गरिएको थियो ।
सो विद्यालयमा एन्फाले ४० प्रशिक्षार्थी विद्यार्थी राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया