काठमाडौँ – वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले नगर प्रहरीका १७ वटा टोली परिचालन गरेको छ ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन)का अनुसार १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको छ ।
टोलीहरू डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि खटाइएको हो ।
स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधको आधारमा नगर प्रहरीले उद्धारमा काम गरिरहेको सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले जानकारी गराएका हुन् ।
साथै जलजन्य विपद्को जोखिममा भए काठमाडौँ महानगरपालिकाका हटलाइन नम्बर १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन समेत उनले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया