काठमाडौँ– अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तटीय क्षेत्रमा बाढी पसेको छ । पानीको सतह बढ्दा नदी क्षेत्रका घरमा पस्दा सयौँ मानिसहरू प्रभावित भएका छन् ।
काठमाडौँको बल्खु क्षेत्रका घरमा पानी पस्दा प्रहरीले डुङ्गाको प्रयोग गरेर त्यहाँका स्थानीयको उद्धार गरिएको छ । स्थानीयका अनुसार प्रहरीले बिहानैदेखि उद्धार कार्य जारी राखेको छ र अहिलेसम्म एक सयभन्दा बढीको उद्धार गरिसकेको छ ।
बल्खु खोलाले पाइपदेखि कैयन् सामग्री बगाएर ल्याएको छ भने कति स्थानीयले ती पाइप लगायतका सामग्री जम्मा पारेका छन् ।
प्रहरीले खोला छेउमा स्थानीयलाई समेत जान दिएको छैन । पानीको बहाव अझै बढ्ने देखेर स्थानीयहरू त्रसित बनेका छन् ।
यसैबीच काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत भएको छैन ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ ।
तस्वीरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया