चितवन – नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा भासिएको सडकको मर्मतपछि एकतर्फी खुलेको छ ।
भासिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केही समय लाग्ने जानकारी दिएको छ । सडक भासिएको ठाउँमा एउटा गाडी समेत पल्टिएको थियो ।
लगातारको वर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो । अहिले पनि काठमाडौँ आउने सडक दर्जनौँ ठाउँमा गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया