शारीरिक गतिविधि वा सक्रियताको सोझो प्रभाव मुटुमा पनि रहन्छ । खासगरी व्यायाम, योग जस्ता समुचित गतिविधिले मुटुको मांसपेशी, भल्ब, रक्तनली आदिलाई राम्रो बनाउँछ ।
समग्र स्वास्थ्य राम्रो रहन मुटु स्वस्थ हुन जरुरी रहन्छ । नियमित व्यायामले मुटु स्वास्थ्य राख्न मद्दत गर्दछ । यसका लागि घरभित्रै हामीले केही समय निकालेर व्यायाम गर्न सक्दछौ ।
यी हुन् मुटुलाई स्वास्थ्य राख्न घरभित्रै गर्न सकिने केही व्यायामहरू :
– भर्याङ (सिँढी) चढ्दा मुटुलाई फाइदा हुन्छ । सिँढी चढ्दा शरीरको तल्लो भाग सक्रिय रहन्छ र बढी ऊर्जावान्, फुर्तिलो अनुभव हुन्छ ।
– नाच्दा शरीरका विभिन्न मांसपेशीहरू सक्रिय रहन्छ र मुडलाई फ्रेस बनाउँछ । मन पर्ने सङ्गीतका साथ नृत्य गर्नु मुटु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
– चियर स्क्वाट्स व्यायामले पनि शरीरको तल्लो भागलाई सक्रिय बनाउन मद्दत गर्दछ ।
– कुर्सीमा देब्रे खुट्टा उचालेर बस्दा जोर्नीहरूलाई ब्यालेन्स राख्छ जसले मुटुलाई सकारात्मक प्रभाव पार्छ ।
– शरीरको पछाडिको केही भागलाई भित्तामा अडेस लगाइ खुट्टा जमिनमा टेकेर कुर्सीको आकारमा बस्ने व्यायाम गर्दा मांसपेशी बलियो हुनुका साथै मुटुको धड्कन बढाउँछ ।
– ऐनाको अगाडि बक्सिङ गरी व्यायाम गर्दा कार्डियो भास्कुलर प्रक्रिया र शरीरको माथिल्लो भागमा फाइदा पुग्छ ।
– मुटुलाई स्वस्थ राख्न डोरी खेल्ने खेल एक सरल र प्रभावकारी मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया