काठमाडौँ – अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ ।
कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ ।
अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटरमात्र पानी सङ्कलन भएको थियो ।
कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।
कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया