काठमाडौँ – भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ ।
ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरू त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको उनीहरूले बताएका छन् ।
बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया