मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जलाशय भरिएपछि कुलेखानीको दुई वटा ढोका खोलियो,सतर्क रहन आग्रह

जोयनेपाल
715
Shares
फाइल फोटो

हेटौडा– भरिएर ओभरफ्लो हुन थालेपछि  कुलेखानी जलाशयका २ वटा ढोका खुला गरिएको छ ।

कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार जलाशयमा जोखिम नरहने गरी  ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको हो । 

उनका अनुसार हाल  जलाशयको क्षमता भन्दा बढी पानी सङ्कलन भएको छ भने शनिबार बिहान ४:५० बजेको समयबाटै ओभर फ्लो हुन थालेको थियो । 

भट्टका अनुसार अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा अहिले प्रतिघण्टा ३७ मिटर पानी सङ्कलन भइरहेकोका कारण आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत उनले जानकारी दिए । 

यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले गेट खोल्न शुरु गरिएपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । कुलेखानीको गेट खोलिएपछि कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती मदिना मिसिन पुग्छ । 

यसले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?