मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विगत २४ घण्टामा कुन कुन ठाउँमा भयो भारीदेखि धेरै भारी वर्षा ?

काठमाडौँ – विगत चौबिस घण्टादेखि देशका अधिकांश स्थानमा अविरल वर्षा जारी रहँदा ९० भन्दा बढी स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घण्टामा पाल्पाको कुमाल गाउँमा अति धेरै भारी वर्षा भएको छ। त्यहाँ चौबीस घण्टामा २२० मिलिमिटर वर्षा मापन भएको छ।

तनहुँको बिमलनगरमा २३९ मिलिमलिटर, चितवनमा देवघाटमा २२४.६ मिलिमिटर, मकवानपुरको रजैयामा १९६.८ मिलिमिटर, काभ्रेपलान्चोकको रोशीमा २३०।२ मिलिमिटर, दम्कौलीमा २८२.४ मिलमिटर, रूपन्देहीको तिलोत्तमामा ३२३ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै अर्घाखाँची खाँचीकोटमा २३४.८, पाल्पाको अर्चलेमा ३६५ मिलिमिटर, ललितपुरको लेलमा ३०० मिलिमिटर, टिकाथलीमा २०१ मिलमिटर, झापाको चन्द्रगढिमा ३२५ मिलिमिटर वर्षा पछिल्लो चौबीस घण्टामा मापन भएको छ। 

मौसमको शब्दावलीमा भारी वर्षा ५० मिलिमिटरभन्दा माथि र धेरै भारी वर्षा १०० मिलिमिटरमाथिको वर्षालाई भनिन्छ। २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?