काठमाडौँ – भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ ।
बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।
बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।
भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए । पहिलो दिन बर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ । २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया