मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लेदो सहितको पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं- नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–१ स्थित सुरुङ मार्ग नजिकै लेदोसहितको पहिरो खसेको हो ।

लेदोका कारण सडक अवरुद्ध भएको छ । बाटो बन्द हुँदा सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

हाल मुलुकका विभिन्न भागमा वर्षा भइरहेको छ । अत्यधिक वर्षाका कारण जोखिम हुनसक्ने भन्दै सरकारले असोज ११ र १२ गते हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?