मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा

काठमाडौँ – जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।

इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप लागेको थियो । इवाओ हाकामाडालाई करिब ४५ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएको थियो तर विभिन्न कारणले उनको मृत्युदण्डको फैसला स्थगित हुँदै आएको थियो ।

यस्तो अवस्थामा सन् २०१४ मा इवाओ हाकामाडाको नाम सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगिरहेका कैदीको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएको थियो ।

जापानको सिजुओका जिल्ला अदालतले इवाओ हाकामाडालाई सफाइ दिएको छ । इवाओ हाकामाडालाई अब उनकी बहिनीले हेरचाह गर्ने बताइएको छ । अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै इवाओ हकामाडीकी बहिनी हिडेको हाकामाडाले भनिन्, ‘अदालतको आदेश टिभीमा सुनेपछि म निकै भावुक भएँ र आँखाबाट आँसु बगिरह्यो । 

वास्तवमा, इवाओलाई मृत्युदण्डको सजाय सुनाइएको प्रमाणमा शङ्काका कारण इवाओ हकामाडाको मुद्दाको सुनुवाइ २०१४ मा फेरि शुरु भएको थियो ।

इवाओ हाकामाडा एक पूर्व मुक्केबाज हुन् र उनको पूर्व हाकिम र उनको परिवारलाई छुरा प्रहार गरी हत्या गरेको र उनीहरूको घर जलाएको आरोप लगाइएको थियो । 

मुद्दाको सुनुवाइका क्रममा इवाओ हकामाडाले आफ्नो अपराध स्वीकार गरेका थिए तर पछि इवाओले आफ्नो बयान फिर्ता लिएका थिए र प्रहरीको दबाबमा बयान दिएको आरोप लगाएका थिए ।

इवाओलाई सन् १९६८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो र सन् १९८० मा जापानको सर्वोच्च अदालतले पनि इवाओको मृत्युदण्डलाई कायम राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?